Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
सद्भाव दर्शाउने पर्व तिहार (बोधनाथ पौडेल) - [2005-10-30]

हिन्दुहरूको महान् चाड तिहार अर्थात् यमपञ्चक कार्तिककृष्ण त्रयोदशीदेखि शुरु भएर कार्तिकशुक्ल द्वितीयासम्म पाँच दिनसम्म धुमधामसित मनाइन्छ । यस पाँच दिनको सम्बन्ध र्सर्ूयका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा बस्ता यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई 'जे मन लाग्छ वर माग' भन्दा यमुनाले "हरेक वर्षआजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कर्ीर्ति सदा वृद्धि होस्" भन्ने वरदान मागिन् । यमराजले पनि ँतथास्तु’ भन्दै मनसा वाचा कर्मणा शुद्ध चित्तले उक्त प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कर्ीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले र्छलङ्ग पार्दछ । यस पर्वको पहिलो दिन अर्थात् कार्तिककृष्ण त्रयोदशीको दिन कागको पूजा गरिन्छ । यस समाजमा गतिहीन वृक्ष वनस्पति हुन् वा क्षुद्रपक्षी काग या निम्न पशु कुकुर नै किन नहुन्, तिनीहरू प्रति समानरूपले आदरभाव व्यक्त गर्ने परम्परा पहिलेदेखि रहिआएको छ । काग जातिहरू क्वाँ क्वाँ स्वर निकालेर कराउने एवं फोहोर चीजहरू खाने हुनाले यिनीहरूलाई कर्कश आवाज भएको पक्षी तथा अति अशुद्ध जीवको रूपमा हेरिन्छ । देवतालाई समेत झुक्याई अमृत पिउँदा अजम्मरी भएको पौराणिक कहानी बोकेको काग बिहानीपख अथवा दिउँसो घरको छाना अथवा घरनजीकको रूखमा बसेर क्वाँ क्वाँ गर्न थाल्यो भने अझै पनि गाउँघरमा शुभ बोल शुभ बोल, दूध भात दिउँला भनी मानिसहरूले भन्ने गरेको सुनिन्छ । यसबाट के अर्थ लाग्छ भने कागले देवदूतको रूपमा घरघरमा शुभ अशुभ समाचार सुनाउन आउँछ । कागलाई परापर्ूवकालदेखि नै यमराजको सन्देशवाहक पक्षीको रूपमा मानिन्छ । चतर्ुदशीका दिनलाई नरक चतर्ुदशी वा कुकुर तिहार भनिन्छ । यस दिन झसिमिसेमै नदी, तलाउ, धारो, पँधेरो आदि ाउँमा गई आफ्नो जीउमा तेल लगाएर अपामार्ग शिरमा मार्जन गर्दै स्नान गर्ने, त्यसपछि नदीमा यमराजको नाममा बोता या दुनोमा चौधवटा बत्ती बाल्दै बगाउने काम गरिन्छ, जसलाई नर्के बगाएको भनिन्छ । अर्थात् यमराजका चौध नामको संस्मरण गर्दै यमराजलाई तर्पण दिइएको हो । यसरी यमराजको नाममा बत्ती बाल्नाले वर्षरिको पाप कट्टा हुन्छ तथा नरकबाट मुक्ति पाइन्छ भन्ने कथन छ । साथै यस दिन तेल मर्दन गरी स्नान गरेमा चिसो भित्र नपस्ने र छालालाई पनि लाभ पुर्‍याउने कुरा त प्रत्यक्षै छ । त्यसमा पनि यमपञ्चकको समयमा लक्ष्मी तेलमा र गङ्गाजलमा निवास गर्ने भएको हुँदा यस दिन तेलमर्दन गरी नुहाएर भोलिपल्ट गरिने लक्ष्मीपूजामा सरीक बन्नु प्रशंसनीय मानिन्छ । यस दिनको चतर्ुदशीलाई नरक चतर्ुदशी भनिन्छ । कृष्ण अवतारको समयमा प्राग्ज्योतिषपुर -कामरूप) को राजा नरकासुरलाई श्रीकृष्णले वध गरेको कथा पनि यसमा जोडिन्छ । यसै दिन यमराजको द्वारपाल तथा भैरवको वाहन कुकुरको पूजा गरिन्छ । काग जस्तै कुकुरको सम्बन्ध पनि यमराजसित मानिन्छ । कुकुरको घ्राणशक्ति अति नै तीव्र हुन्छ । त्यसो हुँदा अहिले अपराधी पत्ता लगाउने काममा पनि यसको सहयोग उपयोगी देखिएको छ । कुकुरलाई चारै प्रहर रात पालो पहरा दिई संरक्षण दिने तथा भलो गर्ने गुनिलो जन्तुका रूपमा हेरिन्छ । यसरी कुकुरले मालिकका लागि गर्ने गरेको गुन सम्झेर वर्षो एक दिन यसलाई तेल घसी मी ो मी ो पक्वान्न खुवाई माला लगाइदिई यसको पूजा गरी कुकुर तिहार मनाइन्छ । स्वाती नक्षत्र परेको औँसीको दिनलाई गाईतिहारको दिनले जानिन्छ । गाईको महिमा वेद, पुराण, उपनिषद् जताततै वर्ण्र्ााछ । गाईको दूध, गोमूत्र, गोबर, घिउमा औषधीय एवं वैज्ञानिक मह즣2357;ले भरिपर्ूण्ा भएको निष्कर्षवैज्ञानिकहरूले निकालेका छन् । यसरी बहुमुखीरूपमा मह즣2357; राख्ने गाई र उनका वंश बहर या गोरुको पूजा यस दिन गरिन्छ । कुनै पनि धार्मिक वा अन्य संस्कारजन्य कार्यसम्पन्न गर्नुअघि गाईको गोबरले घर आँगन लिपपोत गर्ने गरिन्छ । मानिसको जन्मदेखि मृत्यर्ुपर्यन्त र मृत्युपछिका उपक्रमहरूमा समेत गाई र गाईको गोबरको मह즣2357;पर्ूण्ा स्थान रहिआएको छ । गाईले मनुष्यप्रति गर्ने गुणगान सम्झेर यस दिन गाईलाई फूलमालाले सिंगारी विभिन्न रङ्गहरूले शिरदेखि पाउसम्म छाप लगाई मकैको पी ो र कुँडो आदि पक्वान्न खुवाई गाईको टाङमुनि छिरेर पूजाआजा गरी यो पर्व मनाइन्छ । साथै जनैपूणिर्माको दिन बाँधेको डोरो यसै दिन गाईको पुच्छरमा बाँधिन्छ । लक्ष्मीपूजाको अवसरमा प्रदोषकालीन गोधूलि साँझको शुभमुहर्ूत पारेर घरको मूल द्वार अगाडिदेखि लिपपोत गर्दै लक्ष्मीपूजा गर्ने को ासम्म पुर्‍याइन्छ र सप्तदीप बाल्नुका साथै बीचमा कलश राखिन्छ र 'ओम् श्री' मन्त्र उच्चारण गर्दै भगवती लक्ष्मीको स्वागत गरिन्छ । शास्त्रमा औँसीको दिन धनसम्पत्ति श्री समृद्धि, यश र ऐर्श्वर्य तथा शान्ति र दर्ीघायु प्राप्तिका लागि महालक्ष्मी, श्रीगणेश, सरस्वती र महाकालीको पूजा तान्त्रिक विधिपर्ूवक महानिशाकालमा गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैले दीपावलीको रात महत्वपर्ूण्ा स्थानहरूमा अखण्ड दीप बाल्नुका साथै जताततै बत्ती र धूप बालिन्छ । लक्ष्मीपूजाको चलन वैदिक कालदेखि चल्दै आएको हो । देवताहरूले र्स्वर्ग छोडेर गएकी लक्ष्मीलाई खोज्न समुद्र मन्थन गर्दा पुनः लक्ष्मी क्षीर सागरको बीचमा कमलको फूलमाथि प्रकट हुनुभएको थियो । अथाह धन, रत्न, प्रकाशपुञ्ज र सुन्दरताले जाज्वल्यमान महालक्ष्मीको स्वागत गरेर त्यसै बेलादेखि आजपर्यन्त लक्ष्मीपूजा दीपावली गरी धूमधामका साथ मनाइँदै आएको हो । लक्ष्मीपूजाको अवसरमा सरसफाइ, साजसज्जा र विभिन्न रंगीचंगी बत्ती तथा फूलहरूले वातावरणलाई उल्लासमय बनाई पूजा अर्चना गरी अलक्ष्मीलाई हटाउने काम गरिन्छ । यसो गर्नाले वर्षरि अभाव, दुःख र क्लेशबाट छुट्कारा पाउने विश्वास गरिन्छ । औँसीको भोलिपल्ट गोरु, गोवर्द्धन र बलिराजाको समेत पूजा गरी गोरु तिहार मनाइन्छ । अर्काको प्राणरक्षाका लागि जिन्दगीभर हलो तानी परोपकारमा प्राणोर्त्र्सग गर्ने उपकारी जीवको पूजा हुनु आवश्यक र उचित छ । जमीन जोत्ने, मालसामान ढुवानी गर्ने काममा सहयोग गर्ने प्राणी गोरुको नेपालमा अत्यधिक मह즣2357; छ । खास गरेर तर्राई र पहाडमा गोरुविना खेतीपाती सम्भव नै हुँदैन । खेतबारी जोत्नुबाहेक गोरुले गोबर गोब्य्राउँछ, जुन गुइँ ाको रूपमा चुलोहरूमा र मलको रूपमा खेतबारीमा प्रयोग गरिन्छ । यसैले यस प्राणीलाई यस दिन यसलाई मनपर्ने खाद्यान्न खुवाई पूजा आजा गरी यो पर्व मनाइन्छ । यसै गरी बोलेको वचन सत्य कायम गर्न वामन भगवान्लाई र्सवस्व अर्पण गर्न पछि नपर्ने बलिराजाको पूजा पनि यतिखेरै हुन्छ । असुर कुलका भएर पनि राजा बलिले आफ्नो सम्पर्ूण्ा राज्य वामनरूपी विष्णुलाई सुम्पे पनि विष्णुले उनको दानपारमितादेखि खुशी भएर उनलाई सुतल लोकको राजा बनाउनुका साथै कार्तिककृष्णपक्षका अन्तिम पाँच दिन राजा बलिले तिनै लोकको राजा हुन पाउने वरदान प्राप्त गरेको पौराणिक कथनलाई सम्झँदै यस दिन भैलो र भोलिपल्ट द्यौसी खेल्ने गरिन्छ । यसै दिन गोवर्द्धन पर्वतको पनि पूजा आजा गरिन्छ । द्वापरयुगमा गोकुलबासीले इन्द्रको पूजा गर्दा भगवान् श्रीकृष्णले रोक लगाएको तथा इन्द्रलाई रिस उ ी सारा गोकुल बगाउने गरी पानी पारिदिएकोले इन्द्रको सेखी र्झार्न भगवान् श्रीकृष्णले आफ्नो देब्रे हातको कान्छी औँलाले गोवर्द्धन पहाड उचाली गोकुलवासीलाई बचाएकोले त्यसै बेलादेखि गोवर्द्धन पहाडको पूजा गर्ने चलन चलेको किंवदन्ती छ । यसै दिनदेखि नेपाल संवत् प्रारम्भ भएकोले नयाँ संवत्सर आरम्भ भएको खुशियाली पनि राजधानीमा मनाउने चलन छ । तिहारको अन्तिम दिन कार्तिकशुक्ल द्वितीयाको दिनलाई भाइटकिाको दिन भनिन्छ । व्रतार्कमा स्कन्दपुराणको वचन उल्लेख गर्दै भनिएअनुसार कार्तिकशुक्ल द्वितीयाका दिन अपराहृन समयमा यमुनास्नान गरेर यमराजको पूजा गर्नेले यमलोक देख्नुपर्दैन । यस दिन पूजा र तर्पणद्वारा आदर गरिएका यमराज प्रसन्न बनेर उपासकलाई इच्छा लागेको फल दिन्छन् । श्रावण, भाद्र, आश्विन र कार्तिकशुक्लका चार द्वितीया माङ्गलिक मानिन्छ । यिनमा पछिल्लो अर्थात् यमद्वितीया बढी माङ.गलिक छ । किनभने यस दिन यमुनाजीले आफ्ना दाजु यमराजलाई आदरताका साथ निमन्त्रणा प ाएको र बहिनीको स्नेहले आकषिर्त बनी नियमित कामबाट केही दिन -पाँच दिन) फर्ुसद लिएर आफ्नो काम चित्रगुप्तलाई जिम्ममा दिएर यमराज उनीकहाँ आउँछन् । आफ्नो निमन्त्रणा स्वीकारेर आउने दाजु यमराजलाई यमुनाले दिलोज्यानले स्वागत सत्कार गरी विभिन्न प्रकारका मेवा मिष् ान्नका साथै जातजातका फलफूलहरू खुवाई भ्रातृप्रेमको अपर्ूव उदाहरण प्रस्तुत गरेकी । आफ्ना दाजु यमको सदा सुखशान्तिको साथै चिरायुको कामना पनि तिनले यस मिलनको अवसरमा गरेकी थिइन् । यसै दिनको सम्झना गर्दै समस्त दिदीबहिनीले दाजुभाइको चिरायुको कामना गर्दै विशेष उल्लासको वातावरणमा कहिल्यै नसुक्ने तेलको घेराबन्दी गरेर दाजुभाइलाई त्यसभित्र राख्छन् । त्यसपछि अष्टचिरञ्जीवीहरूको पूजाआजा गरी फुलेका मखमली र गोदावरीका सुन्दर मालाहरू तथा दुबोहरू दाजुभाइको गलामा पहिर्‍याई पञ्चरङ्गी टीका लगाइदिई पूजा आजा गर्दछन् । उनीहरूको विश्वास छ तेलको मण्डप नसुकेसम्म र ओखर पानीले नढाडियुञ्जेल यम र चित्रगुप्तले दाजुभाइ दिदीबहिनीको रक्षा गरिरहनेछन् । साथै दाजुभाइले पनि दिदीबहिनीहरूको दर्ीघजीवनको कामना गरी उनीहरूलाई पञ्चरङ्गी टीका लगाई गच्छेअनुसार उपहार वस्त्र आदि प्रदान गर्दछन् । यसरी यमपञ्चकका दिन दाजुभाइ र दिदीबहिनीको माया स्नेह अमर गराउने मागलाई यमराजले पूरा गरिदिएकाले यो दिन भाइटीकाको नामबाट पनि प्रसिद्ध हुन गयो । यसरी हिन्दुहरूको रमाइलो पर्व तिहार जस्तो पावन पर्वलर्ेर् इश्वरको सन्तति, मूक पशु पक्षीहरू प्रति आत्मीय सम्बन्ध राखेर उनीहरू प्रति दया, माया, ममता राखी सेवा गर्न सिकाएको छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम